धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त तीन पदाधिकारी शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकमा स्वास्थ्य मन्त्री एवं सहकुलपति निशा मेहताले नियुक्ती गरेकी छिन् ।
पदाधिकारी नियुक्तीको लागि छनौट तथा सिफारिश समितिले पठाएका नामहरुमध्ये मेहताले नियुक्ती गरेकी हुन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा.शिवेन्द्र झा नियुक्त भएका छन् भने रजिष्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा.इन्द्र लिम्बू नियुक्त भएका छन् । उनीहरुलाई हिजो मंगलबार नै स्वस्थ्य मन्त्री मेहताले मन्त्रालयमा नियुक्ती पत्र दिएकी थिइन् ।
उपकुलपति संयोजक रहेको छनौट तथा सिफारिश समितिले आवेदकहरुको अन्र्तवार्ता, कार्ययोजना प्रस्तुतीकरणको आधारमा सहकुलपति एवं स्वास्थ्यमन्त्रीसमक्ष सर्ट लिष्ट सिफारिश गरेको थियो । शिक्षाध्यक्षमा ४ जना, रजिष्ट्रार र अस्पताल निर्देशकमा ५ ५ जनाको नाम सिफारिश भएको थियो ।
बालेन साह नेतृत्वको रास्वपा सरकारले गत बैशाखमा अध्यादेश ल्याएर चैत १२ अगाडि नियुक्त पदाधिकारीहरु हटाएसँगै वीपी प्रतिष्ठान पनि पदाधिकारीबिहिन बनेको थियो । सरकारले गएको असार अन्तिम साता प्रा.डा.स्मृति कार्कीलाई उपकुलपतिमा नियुक्त गरेपनि प्रतिष्ठानमा रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशक पद रिक्त रहेको थियो ।







