धरान: आजदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोरोना भाइरस(कोभिड १९)को पुष्टि गर्न थ्रोट स्वाब परीक्षण हुने भनिए पनि अझै केही दिन समय लाग्ने भएको छ । सरकारले स्वाब टेष्टको लागि किट पठाए पनि अझै केही आवश्यक सामानहरु थप्नु पर्ने भएकोले आजदेखि हुने भनिएको स्वाब परीक्षण प्रतिष्ठानमा नहुने भए ...
विराटनगरः प्रदेश एकको विभिन्न जिल्लामा १३७ जना क्वारेन्टाइनमा रहेको आन्तरिक मामिला तथा तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका उपसचिव एवं सुरक्षा समितिका सदस्य सचिव कमल थापाका अनुसार यो तथ्यांक झापा, मोरङ, इलामको क्वारेन्टाइनमा रहेकाहरुको तथ्यांक हो । केही संख्यामा होम क्वारेन्टाइनमा छन ...
धरान: कोरोना संक्रमण देखिएको युवतीसँगै कतारबाट नेपाल आएका मध्ये सुनसरीका २ जना प्रहरी र स्वास्थ्यकर्मीको सम्पर्कमा आएका छन् । ती मध्ये धरान ६ का एक जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ भने सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकाका अर्का व्यक्तिलाई होम क्वारेन्टाइनमा प ...
धरान: बेङ्लोरबाट आएका लाहानका युवालाई हिजो साँझ टाँडी क्वारेन्टाइनमा पठाइए पनि मध्यराती नै धरान ल्याइएको छ ।ज्वरो आएको पाइए पछि उनलाई मध्यराती करिब डेढ बजे टाँडी क्वारेन्टाइनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नै पठाएको छ । उनलाई अहिले प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ । ज्वरो आएपछि आर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि चैत १८ गतेसम्म पुर्णरुपमा लकडाउनको घोषणा गरेको छ । यो अवधिमा सर्वसाधारणहरुलाई मात्र होइन, वीपीकै शिक्षक एवं कर्मचारीहरुसहित सबैलाई आवतजावतमा रोक लगाएको छ । प्रतिष्ठानको मुल ढोकासहित सम्पुर्ण प्रवेशद्धारहरु बन्द रहनेछ भने अति सिकिस्त, ज्वरो ...
धरान: भारतको बेङ्लोरबाट आएका लाहानका एक युवाको थ्रोट स्वाब लिएर क्वारेन्टाइन मोरङको टाँडी पठाइएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको थ्रोट स्वाब लिएर क्वारेन्टाइनमा पठाइएको हो । प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहका अनुसार बेङ्लोरबाट आएका ती युवालाई ज्वरो आइरहेक ...
धरान: विदेशबाट आएपनि होम क्वारेन्टाइनमा बस्ने सर्तमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर पठाइएका धरान १६ का ३ जना युवाहरुले सर्त पालना नगरी बाहिर घुमफिर गरिरहेको पाइएको छ । तीन युवाहरु १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि उनीहरु बाहिर खुलारुपमा हिडडुल गरिरहेको पाइएको छ । यो कुरा बाहि ...
धरान: नेपालमा कोरोना भाइरस(कोभिड १९) संक्रमित पुष्टि भएकी युवतीसँगै कतारबाट आएको भनिएका एक युवालाई होम क्वारेन्टाइनमा बस्न भनेर घर पठाए पनि उनी घरमा भने क्वारेन्टाइनमा नबसेको खुलेको छ । धरान १६ स्वामी चोकका ती युवा आज बिहान पनि चुरोट किन्न पसल पुगेको उनका एक छिमेकीले बताए । नाम नखुलाउन आग्रह गर्दै ...
धरान: प्रदेश १ सरकारले सबै अस्पतालहरुमा आकस्मिक र ज्वरोबाहेकका सबै उपचार सेवा स्थगित गर्ने निर्णय गरेको छ । अस्पतालहरुमा भिडभाड हुन नदिन र कोरोनाको संक्रमण फैलन नदिन प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । आज प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक ग ...
विश्वलाई नै कोरोनाले सताइरहेको बेला यसको संक्रमणबाट आमजनतालाई कसरी जोगाउने भनेर धरान उपमहानगरपालिका १२ नम्बर वडा कार्यालयको जनहितको लागि भिडियो सन्देश तयार पारेको छ । यो भिडियोमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको माइक्रोबायोलोजी विभाग र न्युट्रिसनको सहकार्यमा तयार पारिएको हो । यसभिडियोमा कोरोना ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित